राष्ट्रपति योग्य व्यक्ति बन्नुपर्छ, कांग्रेस कसैसँग सम्झौता गर्दैन: उपसभापति खड्का

होस्ट खबर २ पुष २०७९, शनिबार
1 Min Read
Aa

सुर्खेत : नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले अब बन्ने राष्ट्रपतिमा नेपाली कांग्रेसले कसैसँग सम्झौता गर्न नसक्ने बताएका छन् । उनले नेपाली कांग्रेसले कसैसँग सम्झौता गर्न नहुने पनि बताएका छन् ।

सामाजिक सञ्जाल ट्विटरमा एक पोस्ट गर्दै खड्काले राष्टपति देश, जनता र संबिधानसभाले बनाएको संविधान प्रति दिल दिमाग देखि पुुर्णरुपमा प्रतिबद्ध भएको व्यक्ति बन्नुपर्नेमा जोड दिएका हुन् ।

उनले लेखेका छन्,”राष्ट्रपति को बन्ने भन्ने चर्चाले गम्भिर बनायो ! मेरो प्रष्ट धारणा छ – राष्ट्रपति, देश, जनता र संबिधानसभाले बनाएको संविधान प्रति दिल–दिमाग देखि पूर्ण रुपमा प्रतिबद्ध भएको ब्यक्ति बन्नु पर्छ यो कुरामा नेपाली काँग्रेस पार्टी कसै संग सम्झौता गर्न सक्दैन, गर्नु हुदैन ।”

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array