बुद्धको ७२ सिटे जहाज ल्याएकै दिन डिजीसहित उप-सभापति खड्का पुगे मदानेचौर विमानस्थलको स्थलगत अध्ययनमा (भिडियो सहित)

होस्ट खबर २ पुष २०७९, शनिबार
3 Min Read
Aa

सुर्खेत : नेपाली कांग्रेसका उप–सभापति एवम् प्रतिनिधिसभा सदस्य पूर्णबहादुर खड्काले कर्णाली प्रदेशको हवाई उड्यनका लागि सक्रियता बढाएका छन् । कर्णाली प्रदेशको हवाई उडानलाई सर्वसुलभ बनाउन उपसभापति खड्काले प्रदेशमा पहिलो पटक ७२ सिटे जहाजबाट नियमित हवाइ सेवा सुरु गर्न महत्वपूर्ण पहल गरेका छन् । खड्काकै पहलमा शुक्रबारदेखि बुद्ध एयरले सुर्खेत–काठमाडौँ नियमित उडान सुरु गरेको छ । यसअघि सुर्खेतमा बुद्धले ४२ सिटे जहाजबाट सेवा दिँदै आएको थियो । ४२ सिटे जहाजमा भाडादर महंगो भएपछि उपसभापति खड्काले सुर्खेतमा ७२ सिटे जहाज ल्याउन पहल गरेका थिए । उनकै पहलमा बुद्धले शुक्रबारबाट नियमित उडान सुरु गरेको हो । ७२ सिटे जहाजले सेवा सुरु गरेपछि भाडादरसमेत सस्तो भएको छ । यसअघि १० हजारदेखि १४ हजारसम्म भाडा तिररे यात्रा गर्दै आएका कर्णालीवासीले अबदेखि न्यूनतम ७ हजारमै यात्रा गर्न पाउने भएका छन् । कर्णाली प्रदेशमा हालसम्म ७२ सिटे जहाजले उडान भरेको थिएन् । सुर्खेत–काठमाडौं सेवा सुरु गर्न श्री एयर लाइन्सले पनि यसअघिनै परीक्षण उडान गरेको थियो । तर श्रीले नियमित उडान भर्न सकेको छैन ।

सुर्खेतमा बुद्ध एयरले ७२ सिटे जहाजले सेवा सुरु गरेकै दिन उपसभापति खड्काले कर्णाली प्रदेशको राजधानीमा हवाइ उडानका लागि अर्काे महत्वपूर्ण र दीर्घकालीन योजनालाई अगाडि सारेका छन् । खड्काले सुर्खेतको भेरीगंगामा मदानेचौरमा क्षेत्रिय विमानस्थल निर्माणका लागि पहल सुरु गरेका हुन् । उनले प्राविधिक टोलिनै लिएर शुक्रबार नै प्रस्तावित मदानेचौर विमानस्थलको स्थलगत अध्ययन गरेका छन् ।

स्थलगत अध्ययनमा पुगेका खड्काले दीर्घकालीन सोचकासाथ मदानेचौर विमानस्थल निर्माण गर्ने प्रक्रिया अगाडि बढेको बताए । ‘कर्णालीवासीलाई अहिलेलाई चाहिने सुविधाको ७२ सिटे जहाज सुर्खेतमा आइसक्यो’ सञ्चारकर्मीसँग कुराकानी गर्दै खड्काले भने ‘तर कर्णालीको दीर्घकालीन मागलाई थेग्नसक्ने गरी मदानेचौरमा ठूलो विमानस्थल निर्माणको प्रक्रिया अगाडि बढाएका छौँ ।’ ७२ सिटे जहाजले अहिललेलाई कर्णालीवासीको मागलाई धानेपनि दीर्घकालीन रुपमा ठूलो विमानस्थल अपरिहार्य रहेको उनको भनाइ थियो ।

कर्णाली प्रदेश देशकै प्रमुख पर्यटकीय गन्तव्य बन्ने प्रचुर सम्भावना भएका कारण आगामी दिनमा देश तथा विदेशबाट आउने पर्यटकलाई मध्यनजर गर्दै तीनसय सिटे जहाजले सेवा दिनमिल्ने गरी मदानेचौर विमानस्थल निर्माण प्रक्रिया थालिएको हो । विमानस्थल निर्माणका लागि सबै राजनीतिक दल, सामुदायिक वन उपभोक्त समिति र सिंगो कर्णालीवासीले साथ र सहयोग गर्ने खड्काको भनाइ छ । मदानेचौरमा विनमास्थल निर्माण भएपछि वीरेन्द्रनगरदेखि विमानस्थलसम्म फोरलेन सडक निर्माण गर्ने खड्काले बताए । फोरलेन सडक बनेपछि वीरेन्द्रनगरदेखि १५ मिनेटमै विमानस्थल पुग्न सकिने उनले बताए ।

यस्तै स्थलगत अध्ययनमा गएका नागरिक उड्यन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) गरेपछि मदानेचौर विमानस्थल निर्माणको प्रक्रिया सुरु हुने बताए । ‘डिटेल फिजिविलिटी अध्ययनको काम केही वर्ष अघिनै सम्पन्न भइसकेको छ’ महानिर्देशक अधिकारीले भने, ‘अब फाष्टट्रयाकमा इआइएको काम सकेर विमानस्थल निर्माण प्रक्रिया सुरु गर्छाैँ ।’

इआइए सकिए लगत्तै विमानस्थल निर्माणका लािग ठेक्का प्रक्रिया सुरु गर्ने अधिकारीले बताए । बहुवर्षिय आयोजना अन्तरगत तीन वर्षभित्र विनमास्थल निर्माण गरिसक्ने लक्ष्यसहित ठेक्का प्रक्रिया सुरु गर्ने अधिकारीको भनाइ छ । टेक्का प्रक्रियासँगै जग्गा प्राप्तिको काम सुरु गरिने छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array