पहिले नयाँ सरकार कि संसद् अधिवेशन ?

होस्ट खबर १ पुष २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौं : निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनको अन्तिम परिणाम घोषणा गरेर राष्ट्रपतिसमक्ष प्रतिवेदन बुझाएसँगै नयाँ सरकार गठनको बाटो खुलेको छ । तर, प्रतिनिधि सभामा ठूलो दल बनेको नेपाली कांग्रेसले भने सरकार गठनभन्दा पहिले संसद् अधिवेशन आह्वानको अपेक्षा गरेको छ ।

आयोगले बुधबार प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गरेको थियो भने बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रतिनिधि सभातर्फको निर्वाचन प्रतिवेदन बुझाएको थियो ।

प्रतिनिधि सभातर्फको अन्तिम परिणाम राष्ट्रपतिसमक्ष बुझाएसँगै नयाँ सरकार गठनको बाटो खुलेको छ । नेपालको संविधान २०७२ मा निर्वाचन परिणाम बुझेपछि राष्ट्रपतिले नयाँ सरकार गठन र संसद् अधिवेशन आह्वान गर्न सक्ने व्यवस्था छ । राजधानी दैनिकबाट

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्