माओवादी मन्त्रीहरु प्रचण्ड निवासमा

होस्ट खबर २६ मंसिर २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौं : नेकपा (माओवादी केन्द्र) बाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरु अध्यक्ष पुष्पकमल दाहालको निवासमा भेला भएका छन् । निर्वाचनको मतपरिणाम आएपछि पहिलोपटक मन्त्रीहरु अध्यक्ष दाहालको निवासमा भेला भएका हुन् ।

अर्थमन्त्री जनार्दन शर्मा, उर्जामन्त्री पम्फा भुषाल र शिक्षामन्त्री देवेन्द्र पौडेल अहिले खुमलटारमा छन् । उनीहरु अध्यक्ष दाहाललाई बधाई दिन खुमलटार पुगेको बताईएको छ । यसका साथै, नयाँ सरकार गठनबारे पनि छलफल हुनेछ ।

मंसिर ४ गते सम्पन्न भएको आम निर्वाचनमा माओवादी तेस्रो दल बनेको छ । प्रत्यक्ष र समानुपातिक गरी माओवादीले ३२ सिट जितेको छ । प्रचण्डले कांग्रेस नेतृत्वको वर्तमान गठबन्धनकै नेतृत्वमा नयाँ सरकार बन्ने बताइरहेका छन् ।

 

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्