कर्णाली प्रदेश सभामा समानुपातिकतर्फ १६ जनामध्ये १२ जना सांसद चयन

होस्ट खबर २६ मंसिर २०७९, सोमबार
1 Min Read
Aa

सुर्खेत : कर्णाली प्रदेश सभामा समानुपातिकतर्फ १६ जनामध्ये १२ जना सांसद चयन भएका छन्। एमाले र कांग्रेसले सांसद टुङ्गो लगाइसक्दा नेकपा माओवादी केन्द्रले भने अझै निर्णय गरेको छैन।

कांग्रेसबाट सुर्खेत वीरेन्द्रनगरकी जानकी सिंह, दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकाकी इन्द्राकुमारी शाही, हुम्लाकी विजया बुढा, सल्यानकी लक्ष्मी सुनार सुर्खेतकी बलिमाया बुढा समानुपातिक सांसद बनेकी छन्।

यस्तै, एमालेबाट कालिकोटकी दक्षिणा शाही, रुकुम पश्चिमकी तुलसा मल्ल, हुम्लाका कलबहादुर हमाल, दैलेख आठबीस नगरपालिकाकी गमता विक र सुर्खेतकी नन्दा गुरुङ चयन भएका छन्। त्यसैगरी राप्रपाले सुर्खेतकी संतोषि शाहीलाई चयन गरेको छ । नेकपा एकीकृत समाजवादीबाट रुकुम पश्चिमकी कल्याणी खड्का समानुपातिक सांसद चयन भएकी छन्। कर्णाली प्रदेश सभामा समाजवादीले प्रत्यक्षतर्फ भने कुनै सिट ल्याउन सकेको छैन्।

समानुपातिकतर्फ १६ जनामध्ये १२ जना सांसद चयन भएका छन् भने बाँकी टुंगो लाग्दैछ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्