शेखर कोइरालालाई आफैँ संसदीय दलको नेता बन्न समूहमा दबाब

होस्ट खबर २५ मंसिर २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौं : नेपाली कांग्रेसभित्र संसदीय दलको नेताको चुनाव हुने तयारी सुरु भएको छ । सभापति शेरबहादुर देउवा आँफै दलको नेता बन्नेगरि आन्तरिक गृहकार्यमा जुटेको बेला शेखर कोइराला समूहले पनि यसबारेमा छलफल थालेको छ । पछिल्लो समय उक्त समूहबाट दलको नेतामा महामन्त्री गगनकुमार थापाले इच्छा देखाएका छन् । उनले चुनावअघि नै आफूलाई भावी प्रधानमन्त्रीको रुपमा प्रस्तुत गरेका थिए ।

चुनाव सकिएलगत्तै पनि उनी दलको नेताको चुनावको लागि गृहकार्यमा जुटेका छन् । थापालाई वरिष्ठ नेता शेखर कोइरालाको साथ रहने वा नरहने भन्नेबारे चर्चा भैरहेको बेलामा उक्त समूहबाट शेखरलाई नै दलको नेता बन्न दबाब सिर्जना भएको छ । यसैबीच कोइराला समूहले आज संसदीय दलको नेतामा कसलाई अघि सार्ने भन्ने विषयमा छलफल थालेको छ।

अहिले काठमाडौंमा उक्त समूहका सांसदहरुको बैठक बसिरहेको छ । कतिपयले शेखरले दलको नेतामा गगनलाई समर्थन नगर्ने पनि चर्चा गर्न थालेका छन् । शेखरले सभापति देउवालाई नै दलको नेतामा सघाएर अब बन्ने सरकारमा उपप्रधान एवम् परराष्ट्रमन्त्री बन्न सक्ने पनि चर्चा चलेको छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्