काठमाडौं : आउँदो वर्ष २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) नयाँ पाठ्यक्रमअनुसार हुनेभएको छ । चालू वर्ष २०७९ को परीक्षा नै पुरानो पाठ्यक्रम अनुसारको अन्तिम परीक्षा हुनेछ ।
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/IMG_3410.png")
पाठ्यक्रम विकास केन्द्रले आगामी वर्ष कक्षा ५, ८ र १० को पाठ्यक्रम परिवर्तन गर्न लागेको हो । केन्द्रले तीनवटा कक्षाका अनिवार्य विषयका पाठ्यक्रम तयार गरिरहेको जनाएको छ ।
‘वि.सं. २०८० सालको शैक्षिक सत्रबाट ती कक्षामा नयाँ पाठ्यक्रम अध्यापन गरिने छ’, केन्द्रका महानिर्देशक सहसचिव वैकुण्ठ अर्यालले भने, ‘आउँदो वर्ष एस्ईईमा सहभागी हुने विद्यार्थीले अनिवार्य विषयको नयाँ पाठ्यक्रम पढ्नुपर्नेछ । ‘
उहाँका अनुसार कक्षा ८ र १० को अंग्रजी, गणित, विज्ञान र सामाजिक विषयको पाठ्यक्रम तयार भइरहेको छ । त्यसैगरी कक्षा ५ को अंग्रेजी, विज्ञान, सामाजिक, नेपाली, गणित र स्वास्थ्य तथा शारीरिक गरी ६ वटा विषयको पाठ्यक्रम पनि तयार भइरहेको छ ।
नेपाल समाचारपत्र दैनिकबाट
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/75575C8E-23F0-4247-8E15-583FC61034A6.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/birendranagar.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/samajik-bikas-mantralaya.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/IMG_3389.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/bheriganga1.jpg")
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/C8407B6D-1349-4F3E-B9DF-1C51A9F97C88.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/lekhbesi.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/gurbhakot.jpg")
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/12CE903B-2DFE-4D78-89F9-8B93CDF19311.jpeg)
प्रतिक्रिया दिनुहोस्