समानुपातिकबाट ३३ % महिला पुर्‍याउनुपर्ने बाध्यता

होस्ट खबर १६ मंसिर २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौं : प्रदेशसभा सदस्यमा १३ महिलाले प्रत्यक्षबाट चुनाव जितेका छन्। कर्णाली र सुदूरपश्चिम प्रदेशमा महिलाले प्रत्यक्षतर्फ चुनाव जित्न सकेनन्। देशभर ७ वटा प्रदेशका ३३० वटा निर्वाचन क्षेत्रबाट चुनाव जित्ने महिलाको संख्या नगण्य छ। प्रतिनिधिसभामा जस्तै प्रदेशसभामा प्रत्यक्षतर्फबाट महिलाले कम सिट जितेपछि समानुपातिकबाट ३३ प्रतिशत महिला पुर्‍याउनुपर्ने बाध्यतामा दलहरू पुगेका छन्।

गण्डकी प्रदेशको स्याङ्जा, वाग्मतीको दोलखा र सुदूरपश्चिमको बाजुराको चुनावी परिणाम आउने क्रममा छ। घोषित निर्वाचन परिणामअनुसार प्रदेशसभातर्फ प्रदेश १ बाट २ जना, मधेसबाट ३, वाग्मतीबाट ५, गण्डकीबाट २ गरी १३ जना महिलाले प्रत्यक्ष चुनाव जितेका छन्। प्रदेशसभा सदस्यका लागि ३ हजार २ सय २४ जना उम्मेदवार थिए। जसमा २ सय ८० महिला, २ हजार ९ सय ४३ पुरुष र १ जना अन्यबाट थिए।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्