को बन्ला कांग्रेस संसदीय दलको नेता ?

होस्ट खबर १६ मंसिर २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौं : नेपाली कांग्रेसभित्र संसदीय दल नेताका लागि पाँच जना आकांक्षी देखिएका छन् । प्रतिनिधिसभा चनको अन्तिम परिणाम नआउँदै कांग्रेसभित्र दलको नेता बन्न दौडधुप सुरु भइसकेको छ ।

सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा, पूर्वमहामन्त्रीद्वय शशांक कोइराला र प्रकाशमान सिंह तथा नेता रामचन्द्र पौडेलले कांग्रेस संसदीय दलको नेताका लागि आकांक्षा राख्दै आइरहेका छन् । सभापति देउवासँग १४औं महाधिवेशमा प्रतिस्पर्धी बनेका डा। शेखर कोइराला भने दलको नेता र आगामी प्रधानमन्त्रीका विषयमा मौन छन् ।

दलको नेताका लागि महामन्त्री थापाले भने भेटघाट तीव्र बनाएका छन् । थापा जसरी पनि यसपटक दलको नेतामा लड्ने मनस्थितिसहित अघि बढेका छन् । प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम भने आइसकेको छैन । कांग्रेसले प्रत्यक्षतर्फ ५५ सिटमा जित निकालिसकेको छ भने समानुपातिकतर्फ ३२ सिटको आसपास आउने अवस्था छ । यी दुवै संख्या जोड्दा कांग्रेसबाट संसद्मा ८७ जना सांसद्को प्रतिनिधित्व हुन सक्छ ।

कांग्रेसको १४औं महाधिवेशनबाट देउवा सभापतिमा निर्वाचित भएका थिए भने उनी हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा डडेल्धुराबाट निर्वाचित बनेका हुन् । थापा भने देउवा सभापति बन्दा अर्को समूहबाट महामन्त्री निर्वाचित भएका थिए । उनी प्रतिनिधिसभामा काठमाडौं ४ बाट निर्वाचित भएका हुन् । पाँच आकांक्षीमध्ये देउवा र गगन थापाबीच नै मुख्य प्रतिस्पर्धा रहेका छन् । राजधानी दैनिकबाट

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array