कांग्रेसका उपसभापति खड्का र माओवादी अध्यक्ष प्रचण्ड बिच भेटवार्ता, बधाई आदान-प्रदान

होस्ट खबर १५ मंसिर २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौं : नेपाली कांग्रेसका उपसभापति एवम् सुर्खेत–१ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद पूर्णबहादुर खड्काले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन् । दाहाललाई भेट्न खड्का आज दाहाल निवास खुमलटार पुगेका हुन् । भेटका क्रममा खड्काले गोरखाबाट निर्वाचित भएकोमा प्रचण्डलाई बधाई दिएका थिए ।

निर्वाचनको मतपरिणाम करिब करिब सार्वजनिक भैरहेको अवस्थामा खड्काले प्रचण्डसँग गरेको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ तर  प्रचण्डका स्वकीय सचिव रमेश मल्लले भेटमा राजनीतिक कुराकानी भए नभएकोबारेमा कुनै जानकारी नभएको बताए  ।

सुर्खेतबाट काठमाडौं ओर्लनेबित्तिकै खड्काले पार्टी सभापति एवम् प्रधानमन्त्री देउवासँग भेटवार्ता गरेका थिए । त्यसको भोलिपल्ट आज दाहालसँग भेटवार्ता गरेका हुन् । भेटपछि बिहिवार नै खड्का स्व. कृष्णप्रसाद भट्टराईको सालिकमा श्रद्धाञ्जली दिन बाँडेगाउँ पुगेका छन्।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array