हुम्ला-१ (ख)बाट कर्णालीका मुख्यमन्त्री जीवन बहादुर शाही विजयी

होस्ट खबर ९ मंसिर २०७९, शुक्रबार
1 Min Read
Aa

सुर्खेत : प्रदेशसभा हुम्ला-१ (ख)मा कर्णालीका मुख्यमन्त्री (नेपाली कांग्रेस) जीवन बहादुर शाही विजयी भएका छन् । पछिल्लो मतपरिणाम अनुसार शाहीले ७ हजार ५६ मत प्राप्त गरेका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का छक्क बहादुर लामाले २ हजार ९ सय ७९ मत ल्याए l मुख्यमन्त्री शाहीले ४ हजार ७७  मतान्तरले  जित हासिल गरेका हुन्  l त्यस्तै राप्रपाका नैनसिह रावतले ९८ मत ल्याए । राप्रपा नेपालका सुमन रावत २१ ल्याए भने जसपाका बलिराज शाहीले ४१ प्राप्त गरे ।

यहाँ कुल १० हजार ३ सय १४ मत खसेको थियो l

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array