सुर्खेत-१ बाट कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का भारी मतले विजयी

होस्ट खबर
होस्ट खबर ८ मंसिर २०७९, बिहीबार
1 Min Read
Aa

सुर्खेत : सुर्खेत प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का भारी मतले विजयी भएका छन् । बिहीबारको अन्तिम मत परिणाम अनुसार खड्काले ४२ हजार ६ सय ०७ मतले विजयी भएका हुन्।

उनका प्रतिस्पर्धी नेकपा एमालेका ध्रुवकुमार शाहीले ३० हजार ९ सय ८८ मत पाएका छन् । खड्काले शाहीलाई ११ हजार ६ सय १९ मतले पछि पार्दै आफ्नोे जित हासिल गरेका हुन् ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका मोहम्मद हसरत अलीले ८ सय ९७ मत प्राप्त गरे भने राप्रपाका छत्रपति थापा क्षेत्रीले ६ सय ५३ मत मत प्राप्त गरेका छन् l

यस क्षेत्रमा ७९ हजार मत खसेको जिल्ला निर्वाचन कार्यालय सुर्खेतले जानकारी दिएको छ । २०७४ सालको निर्वाचनमा, यस क्षेत्रबाट एमालेका शाही विजयी भएका थिए।

प्रतिक्रिया दिनुहोस्