सुर्खेत-१ प्रदेशसभा (क)बाट कांग्रेसका खड्ग पोखरेल विजयी

होस्ट खबर ८ मंसिर २०७९, बिहीबार
1 Min Read
Aa

सुर्खेत : सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ बाट गठबन्धनका उम्मेदवारले विजय सुरु गरेका छन् । निर्वाचन क्षेत्र नम्बर १ (क) को ताजा नतिजा अनुसार नेपाली कांग्रेसका जिल्ला सभापति खड्ग प्रसाद पोखरेल विजय भएका छन् ।

एमालेका उम्मेदवार ठम्मरबहादुर विष्टलाई ३०७५ मतान्तरले पछि पार्दै उनी विजय भए । पोखरेलले १८२६३ मत ल्याए भने बिष्टले १५१८८ मत ल्याए । पोखरेलले फराकिलो मतान्तरले विजय भएका छन् । सुर्खेत सिम्ता निवासी पोखरेल विकास प्रेमी, सादगी जीवन, मिजासिलो, स्वार्थरहित र लोकप्रिय नेताका रुपमा परिचित छन् । सिम्ता गाउपालिकाबाट ७ सय बढी मतको अग्रता लिएका पोखरेलले गुर्भाकोटबाट २५०० को मतान्तर निकालेका थिए ।

एमालेका उम्मेदवार विष्टले सिम्ताबाट अपेक्षित मत ल्याउन सकेनन्। उनी एमालेका केन्द्रीय सदस्य र कर्णाली प्रदेश सरकारका पुर्व मन्त्री समेत हुन् ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array