जुम्लाको प्रदेश (ख) बाट एमालेका टेकराज पछाई विजयी

होस्ट खबर ७ मंसिर २०७९, बुधबार
1 Min Read
Aa

सुर्खेत : कर्णाली प्रदेशमा प्रदेश सभातर्फ नेकपा एमालेले खाता खोलेको छ। जुम्लाको प्रदेश (ख) बाट नेकपा एमालेका टेकराज पछाईले प्रदेश सभा सदस्यमा जित हात पारेका छन्।

नेकपा एमाले कर्णाली प्रदेश कमिटीका उपसचिवसमेत रहेका पछाईले गठबन्धनबाट उम्मेदवार बनेका नेकपा (एकीकृत समाजवादी) का पदमबहादुर रोकायालाई हराएका हुन्।

पछाईले ७ हजार ८१५ मतसहित प्रदेश सभा सदस्यमा जितेका हुन्। समाजवादीका रोकायाले ६ हजार ७२२ मत ल्याएका छन्।

जुम्लाको प्रदेश (ख) मा २० हजार ६१६ मत खसेको थियो। गठबन्धनबाट उम्मेदवार बने पनि एमालेका उम्मेदवारसँग पराजित भएका रोकाया कर्णाली प्रदेशका वर्तमान भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री हुन्।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्