सुर्खेत-२ बाट कांग्रेसका हृदयराम थानी विजयी

होस्ट खबर ७ मंसिर २०७९, बुधबार
1 Min Read
Aa

सुर्खेत : सुर्खेत प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा कांग्रेसका हृदयराम थानी विजयी भएका छन । बुधवार अन्तिम मत परिणाम अनुसार थानीले ३४ हजार ६२५ मतले विजयी भएका हुन्।

उनका प्रतिस्पर्धी नेकपा एमालेका अमृतबहादुर बुढा क्षेत्रीले २९ हजार ५५८ मत पाएका छन । थानीले विसिलाई ५ हजार ६७ मतले पछि पार्दै आफ्नोे जित हासिल गरेका हुन । राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर चुनाराले ४ हजार ६०१ मत प्राप्त गरे ।

सुर्खेत–२ मा जम्मा ७६ हजार ४ सय ४२ मत खसेकोमा ४ हजार १६ मत बदर भएको थियो । कांग्रेसका पूर्व केन्द्रीय सदस्य थानी सुर्खेत–२ बाट २०५६ सालको प्रतिनिधिसभा र २०७० सालको संविधानसभा निर्वाचनमा विजयी भएका थिए ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्