मतगणना नसकिँदै गगन थापा विजयी

होस्ट खबर ६ मंसिर २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौं : काठमाडौं–४ मा मतगणनाको अन्तिम परिणाम आउन केही समय मात्र बाँकी छ । नेपाली कांग्रेसका गगनकुमार थापा मतगणना नसकिदै विजयी भएका छन् ।

हालसम्म ४३ हजार ३ सय ९६ मत गणना हुँदा थापाले ६ हजार ८ सय ३४ मतान्तरले अग्रता लिएका छन् । सो क्षेत्रमा ४८ हजार ८५९ मत खसेको छ ।

थापाले २० हजार ४१७ मत प्राप्त गरेका गरेका छन् भने नेकपा एमालेका राजन भट्टराईले १३ हजार ३२ मत ल्याएका छन् । त्यसैगरी, राप्रपाले ३६ सय ९३ र लौरोको ११ सय ३३ भोट प्राप्त गरेका छन् ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्