सुर्खेतमा ६० प्रतिशत मत खस्यो

होस्ट खबर ५ मंसिर २०७९, सोमबार
1 Min Read
Aa

सुर्खेत : प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तरगत सुर्खेतमा ६० प्रतिशत मत खसेको छ । प्रदेश निर्वाचन कार्यालयका अनुसार आज सम्पन्न निर्वाचनमा सुर्खेतमा ६० प्रतिशत मत खसेको हो ।

७० प्रतिशत मत खस्ने आकंलन गरिए पनि ६० प्रतिशत मात्रै मत खसेको प्रदेश निर्वाचन कार्यालयका निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले जानकारी दिए । सुर्खेतमा २ लाख ४३ हजार ६ सय १४ जना मतदाता रहेकोमा ६० प्रतिशतले मात्रै प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा भाग लिएका हुन् ।

उनका अनुसार निर्वाचन क्षेत्र नं १ मा ७२ मतदानस्थल र एक सय ४४ मतदान केन्द्र कायम गरिएको थियो भने निर्वाचन क्षेत्र नं २ मा ६७ मतदानस्थल र एक सय ४९ मतदान केन्द्र कायम गरिएको थियो ।

यसपालि यस क्षेत्रका मतदातामा उत्साह देखिएन । जसका कारण पनि स्थानीय तहको निर्वाचनको तुलनामा कम मत खसेको छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्