सुदूरपश्चिमका बिभिन्न स्थानमा बम फेला

होस्ट खबर ४ मंसिर २०७९, आईतवार
2 Min Read
Aa
A pressure cooker bomb found at the office of Nepali Congress' election publicity office in Nawalpur, on Friday, November 24, 2017. Photo: Shreeram Sigdel

काठमाडौं : जारी मतदानकै बीच सुदूरपश्चिमका विभिन्न जिल्लामा मतदान केन्द्र नजिकै शंकास्पद बस्तु भेटिन थालेका छन् । देशभर मतदान भइरहेका बेला निर्वाचन बिथोल्ने अभियानमा लागेकाहरुले उक्त कार्य गरेको हुनसक्ने प्रहरीको अनुमान छ।

आज विहान कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ४ स्थित कालिका माध्यमिक विद्यालय नजिकको मतदान केन्द्र नजिक भेटिएको शंकास्पद वस्तु नेपाली सेनाले निस्क्रिय पारेको छ।

इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहका अनुसार मतदान केन्द्र नजिकै टिनको डिब्बामा शंकास्पद वस्तु फेला परेको हो। अहिले यो क्षेत्रको स्थिति सामान्य रहेको छ। त्यहाँ मतदान कार्य जारी छ।

त्यस्तै, कैलालीको गौरीगंगा नगरपालिका वडानम्बर ८ बडैपुरस्थित सेनाको ब्यारेक नजिकै बम फेला परेको छ।
प्रहरीका अनुसार कालिका गण नजिकै प्रेसर कुकर बम फेला परेको हो। उक्त बम नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको छ।

त्यस्तैगरी अछामको ढकारी गाउँपालिका २ स्थित कालीका देवी मावि हिच्मा मतदान केन्द्र नजिकै प्रेसर कुकर बम फेला परेको छ । उक्त बम बिहान ७ बजेतिर फेला परेको र नेपाली सेनाले डिस्पोज गरिसकेको छ । त्यहाँपनि मतदान जारी छ ।

बझाङमा पनि बम फेला परेको छ। जिल्लाको सदरमुकाम चैनपुरस्थित सुर्मादेवी मन्दिर अगाडि बमजस्तो संकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बाल्टिन बमजस्तो वस्तु देखिएको हो। उक्त वस्तु डिस्पोजलका लागि नेपाली सेना खटिएको छ। निर्वाचनलाई बिथोल्न उक्त वस्तु राखिएको हुनसक्ने बताइएको छ। तर, उक्त वस्तुले मतदान प्रक्रियालाई असर नगरेको जनाइएको छ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्