सुरक्षा संवेदनशील भएका क्षेत्रमा विशेष सुरक्षा योजना

होस्ट खबर १ मंसिर २०७९, बिहीबार
2 Min Read
Aa

काठमाडौं : आगामी मङ्सिर ४ गते सम्पन्न हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि सुरक्षा संवेदनशीलतका आधारमा सुरक्षाकर्मी परिचालन गरिने भएको छ ।

गृह मन्त्रालयले तयार पारेको निर्वाचन सुरक्षा योजनाअन्तर्गत नेपाली सेना, नेपाल प्रहरी सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभागलाई संयुक्त रूपमा परिचालन गर्ने निर्णय भएको छ ।

निर्वाचन सुरक्षालाई थप प्रभावकारी बनाई निष्पक्ष तथा शान्तिपूर्ण रूपमा सम्पन्न गर्न चारवटै सुरक्षा निकायबीच समन्वय हुने गरी केन्द्र प्रदेश तथा जिल्ला तहमा एकीकृत सुरक्षा कक्षसमेत तयार भइसकेका छन् । निर्वाचन आयोगले मङ्गलबार उच्चस्तरीय निर्वाचन सुरक्षा समितिका अधिकारीसँग निर्वाचन सुरक्षाको पूर्वतयारी तथा सुरक्षा चुनौतीबारे छलफल गरेको थियो ।

आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलका अनुसार निर्वाचनलाई सुरक्षित, भयरहित, निष्पक्ष, स्वतन्त्र र स्वच्छ रूपमा सम्पन्न गराउन तथा सुरक्षाको प्रबन्ध चुस्त र दुरुस्त बनाउन गृह मन्त्रालयमार्फत चारवटै सुरक्षा निकायलाई निर्देशन गरिएको बताए ।

उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकमा निर्वाचन प्रचारप्रसारका क्रममा, केही उम्मेदवार तथा उनीहरूले प्रयोग गरेका सवारीसाधन तोडफोड तथा तराईका केही जिल्लामा भारतीय नम्बरका सवारीसाधन प्रयोगबारे आयोगले सुरक्षा निकायका अधिकारीसँग चासो व्यक्त गरेको थियो । उहाँले निर्वाचनको तयारीका क्रममा सामग्री र जनशक्ति व्यवस्थापन, सुरक्षा प्रबन्ध तथा अनुगमनलाई प्रभावकारी बनाउनसमेत आयोगले निर्देशन दिएको जानकारी दिए ।

चारवटै सुरक्षा निकायका उच्च अधिकारी रहेको सो समितिले सुरक्षाको विशेष योजनाअनुसार २० वटा छुट्टै रणनीति तयार गरी सोहीअनुसार जिम्मेवारी तोकिएको छ । मतदान स्थलको सुरक्षा संवेदनशीलता आधारमा मतदान स्थललाई सामान्य, संवदेनशील र अति संवेदनशील वर्गीकरण गरी सोहीअनुसार निर्वाचन विशेष सुरक्षा विशेष योजना तयार गरिएको ।

देशभर कुल १० हजार ८९२ केन्द्र र २२ हजार २२६ मतदान स्थल तोकिएको छ । चारवटै सुरक्षा निकायबाट महìवपूर्ण सूचना सङ्कलन र विश्लेषण गर्ने, घुम्ती तथा निगरानी टोली परिचालित हुने गरी सुरक्षा व्यवस्था मिलाइएको आजको गोरखापत्र दैनिकमा खवर छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्