डेढ वर्षमा पनि त्रिवि नतिजा शून्य

होस्ट खबर २५ कार्तिक २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौं : मुलुककै जेठो त्रिभुवन विश्वविद्यालय ९त्रिवि०ले परीक्षा सञ्चालन गरेको एक÷डेढ वर्ष बितिसक्दा पनि नतिजा प्रकाशन गर्न सकेको छैन । त्रिविले अनेक बहानामा विभिन्न संकाय तथा विषयको नतिजा प्रकाशन ढिला गर्दा विद्यार्थी भने मारमा परेका छन् ।

जसका कारण मुलुककै जेठो र ठूलो विश्वविद्यालय प्रतिष्ठा गुमाउँदै छ । नेतृत्वदायी तहमा रहेका पदाधिकारी–कर्मचारीको ढिलासुस्ती तथा बेथितिका कारण त्रिविमा महिनौं दिनसम्म तालाबन्दीसमेत हुने गरेको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारीले नतिजा सार्वजनिक गर्न माग गर्दै त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रक पुष्पराज जोशीलाई ज्ञापनपत्र बुझाएको छ ।

९ बुँदे ज्ञापनपत्रमा ‘स्नातक तह प्रथम वर्षको १६ महिनाअघि लिइएको परीक्षाको नतिजा सार्वजनिक नहुनुको कारणसहित सात दिनभित्र प्रकाशित गर्न माग गरिएको छ । त्यस्तै, स्नातक तेस्रो र स्नातकोत्तर प्रथम सेमेस्टरको परीक्षा प्रकाशन गर्नुपर्ने, बीए एलएलबीको नतिजा भएको तीन महिना बितिसकेको र ट्रान्सक्रिप्ट तत्काल उपलब्ध गराउनुपर्नेलगायत माग अघि सारिएका छन् ।

अनेरास्ववियु क्रान्तिकारीले ‘परीक्षा प्रणाली पुरानो र प्रविधिमैत्री नभएकाले तत्काल परीक्षा प्रणाली विकास गर्न विज्ञसहितको कार्यदल बनाई अगाडि बढ् नुपर्ने, केन्द्रीकृत संरचनाले विद्यार्थीलाई सेवासुविधा लिन झन्झटिलो भएको हुँदा सम्बन्धित क्याम्पसमै ट्रासक्रिप्ट व्यवस्था गर्नुपर्ने, परीक्षा फाराम र ट्रान्सक्रिप्ट ट्रान्सफरजस्ता सेवा अनलाइनबाट व्यवस्था मिलाउनुपर्ने लगायत माग राखेको छ । राजधानी दैनिकबाट

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array