पत्रकार सरोजराज अधिकारीको ‘हत्या कि आत्महत्या ?

होस्ट खबर २४ कार्तिक २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौं : पत्रकार सरोजराज अधिकारी मृत भेटिएका छन् । काठमाडौंको सुन्धारास्थित होटल सिद्दार्थमा हिजो साँझ उनी मृत अवस्थामा भेटिएका हुन् ।

घटनास्थलमा उपत्यका अपराध अनुसन्धान कार्यालय र प्रहरी परिसर काठमाडौंका अनुसन्धान अधिकृतहरू पुगेर अनुसन्धान शुरु गरेका छन् ।

होटलको एक कोठामा फ्यानमा झुन्डिएको अवस्थामा उनी मृत भेटिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एकजना अधिकृतले बताए ।

कात्तिक २१ बाट उनी सो होटलमा बसेका पत्रकार अधिकारीको हत्या कि आत्महत्या भन्ने बारेमा घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता दिनेश मैनालीका अनुसार, बुधबार उनको खोजी गर्दै जाँदा काठमाडौंको सुन्धारास्थित होटल सिद्दार्थमा मृत अवस्थामा भेटिएका हुन् ।

घटनाका विषयमा थप अनुसन्धान भइरहेको पनि प्रवक्ता मैनालीले जानकारी दिए । पत्रकार अधिकारी हराएको भन्दै उनकी श्रीमतीले बुधबार नै काठमाडौं प्रहरी परिसरमा निवेदन दिएकी थिइन् ।

उनको निवेदनकै आधारमा अधिकारीको खोजी गर्ने क्रममा होटलमा मृत अवस्थामा फेला परेको प्रवक्ता मैनालीले बताए । चक्रब्युहमा चन्द्रसुर्य पुस्तकका लेखक अधिकारी दुई दशकभन्दा बढी समयदेखि पत्रकारितामा सक्रिय थिए ।

उनले कान्तिपुर, नयाँ पत्रिका लगायतका विभिन्न सञ्चारमाध्यममा काम गरेका थिए । उनी लेखक पनि हुन् । चक्रब्यूहमा चन्द्रसुर्य बाहेक उनका धम्बोझी, रुपबजारकी नोरा र जासुसीको जालो पुस्तक प्रकाशित छन् ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array