डोटी : डोटीको पूर्वीचौकी गाउँपालिका ३, गैरागाउँकी ४५ वर्षीया विष्नादेवी बोहरालाई दुई वर्षपछि भारतबाट श्रीमान् घर फर्कदा खुसीको सीमा थिएन । जहान परिवार पाल्नकै लागि जीवनको अधिकांश समय मजदुरीमै बिताउने श्रीमान् परिवारसँगै हुँदा घर नै उज्यालो भएको थियो ।
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/IMG_3410.png")
विडम्बना नियतिले उनको त्यो उज्यालो छिनभरमै अन्धकारमा परिणत भइदियो । ५० वर्षीय उनका श्रीमान् प्रेम बोहरा मंगलबार बेलुकी मात्रै घर आइपुगेका थिए ।
बालबालिकासहित खाना खाएर सुतेका बेला राति आएको भूकम्पले घर भत्किँदा उनका पति प्रेम, छोरी तुल्सीसहित उनी च्यापिन् । छोरी र पतिको भने घटनास्थलमै मृत्यु भयो ।
माथिबाट खसेको भकारीले छोपिँदा आफ्नो ज्यान बचेको बताइन् । पति र छोरी छेउमै पुरिँदा आफू भने कराउँदै गुहार मागिरहेको बताउँदै उनले भनिन्, ‘म करिब एक घन्टासम्म गुहारिरहें । पछि गाउँले आएर मलाई निकाले । पति र छोरी भने पुरेको पुरियै रहे ।’ एउटै कोठामा रहेका पति र छोरीको मृत्यु भएपछि बाँच्न सफल उनी विछिप्त बनेकी छन् । आजको नागरिक दैनिकमा समाचार छ ।
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/75575C8E-23F0-4247-8E15-583FC61034A6.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/birendranagar.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/samajik-bikas-mantralaya.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/IMG_3389.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/bheriganga1.jpg")
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/C8407B6D-1349-4F3E-B9DF-1C51A9F97C88.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/lekhbesi.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/gurbhakot.jpg")
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/12CE903B-2DFE-4D78-89F9-8B93CDF19311.jpeg)
प्रतिक्रिया दिनुहोस्