नेपाल-युरोपियन युनियन चलचित्र महोत्सव भव्य रुपमा सम्पन्न, नेपाली फिल्मको चर्चा

होस्ट खबर २२ कार्तिक २०७९, मंगलवार
3 Min Read
Aa

सुर्खेत : काठमाडौंबाहिर पहिलोपटक सञ्चालित नेपाल-युरोपियन युनियन चलचित्र महोत्सव भव्य रुपमा सम्पन्न भएको छ ।
विभिन्न पाँच युरोपेली र तीन नेपाली फिल्म प्रर्दशन गर्दै चार दिने महोत्सव मंगलबार वीरेन्द्रनगरमा सम्पन्न भयो । महोत्सव मध्यपश्चिम विश्वविद्यालयसंगको सहकार्यमा नेपालस्थित युरोपियन युनियनको डेलिगेसनले आयोजना गरेको हो ।

महोत्सव उद्घाटनका अवशरमा युरोपियन युनियनका मिनिस्टर काउन्सिलर तथा नेपालका लागि युनियनका सहप्रमुख डा. जोएली हाइबोनेटले साँस्कृतिक आदानप्रदान र यसको प्रचार प्रसारका लागि पहिलो पटक काठमाण्डौं बाहिर चलचित्र महोत्सव आयोजना गरिएको बताइन् । उनले नेपाल र युनियनविच सँस्कृति लगायतका विविध पक्षमा सहकार्य जारी रहने समेत जानकारी दिइन् ।

पहिलो दिन प्रर्दशन गरिएको अस्कर एण्ड लिली चलचित्र चेचेन विद्रोहीका नाममा त्याँहाका परिवार विस्थापित भई अर्को देशमा जानु पर्ने बाध्यता र दुई बालबालिका आप्mनी आमासंग बिछोडिनुको पीडालाई दर्शकले निकै मन पराए । नेपली लाहुरेको कथा र लाहुरे परिवेशमा समेटिएको चलचित्र गार्खा गर्ल पनि छोटो अवधिको सिनेमा मध्य राम्रो मानिएको थियो ।

यसका अलवा दर्शकले महोत्सवको अन्तिम दिन प्रदर्शन गरिएको नेपाली निर्देशक सुजित बिडारीको चलचित्र ऐना झ्यालको पुतलीले धेरै दर्शकको ध्यान खिच्यो । नेपाली गाँउले जीवन र परिवेशमा तयार पारिएको मौलिक विषयवस्तु निकै रुचाईएको र त्यसको निर्माण पक्ष पनि राम्रो रहेको दर्शकको प्रतिक्रिया थियो । समापन समारोहमा मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा नन्दबहादुर सिंहले चलचित्र महोत्सवमार्फत युरोपियन युनियनले कला संस्कृतिको आदानप्रदानमा महत्वपूर्ण भूमिका निर्वाह गरेकामा प्रशंसा व्यक्त गरे। युरोपियन युनियनले नेपालको समग्र विकासमा पु¥याएको योगदानको चर्चा गर्दै उनले कर्णालीको शिक्षा र कला संस्कृतिको विकासमा अझ भूमिका निर्वाह गर्नुपर्ने बताए । उनले भने, “कर्णाली कला संस्कृतिमा धनी छ, फिल्मी क्षेत्रको विकास र प्रर्वद्धनका लागि झन यहाँ धेरै सम्भावना छन् ।”

नेपालस्थित युरोपेली युनियनको डेलिगेसनका पे्रस तथा सूचना अधिकारी अम्बर मैनालीले चलचित्र महोत्सवमा सहकार्य गरेकामा युरोपली युनियनका राजदूतका तर्फबाट विश्वविद्यालय पदाधिकारीलाई हार्दिक धन्यवाद व्यक्त गरे । कार्यक्रममा उपस्थित अर्का निर्देशक मोहन राईले आगामी फागुन चैत तिर फेरीपनि यस किसिमको कार्यक्रम आयोजना गरिने बताए ।

महोत्सवको चौथो दिन युरोपेली फिल्म रोमिज सलून र नेपाली फिल्म ऐना झ्यालको पुतली देखाइएको थियो । त्यस्तै चलचित्र निर्देशक सुजित बिडारीले कर्णाली प्रदेशका चलचित्रकर्मी, विद्यार्थीका लागि चलचित्र निर्माणसम्बन्धी भर्चुअल माध्यमबाट मास्टरक्लास दिएका थिए।

महोत्सवमा द लिटिल कमरेड, गड्स अफ मोलेल्बीक र लाहुरेनी (गोर्खा गर्ल), लोला, अस्कर एण््ड लिली र येट अनदर विन्टर देखाइएको थियो । महोत्सव कुइनेपानीस्थित मध्यपश्चिम विश्वविद्यालयको हलमा सञ्चालन भएको थियो । महोत्सवमा दर्शकलाई निःशुल्क हेर्ने व्यवस्था मिलाइएको थियो ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array