रूकुम जाँदै गरेको बस धादिङको हुग्दीखोलानजिक दुर्घटना

होस्ट खबर २० कार्तिक २०७९, आईतवार
0 Min Read
Aa
फोटो : नेपालखबरबाट

चितवन : काठमाडौंबाट रूकुम जाँदै गरेको बस धादिङको बेनीघाट रोराङ गाउँपालिका १० हुग्दीखोला नजिक दुर्घटना भएको छ । बसको नम्बर भने बा ४ ख ५७९० रहेको खुलेको छ ।

शनिबार साँझ सवा ६ बजेतिर दुर्घटना भए पनि घटनाको विस्तृत विवरण आइनसकेको धादिङ प्रहरीले जनाएको छ । बसमा २० जना यात्रु रहेको प्रहरीको अनुमान छ । घाइतेको उद्धार भइरहेको धादिङ प्रहरीले जनाएको छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्