कालिकोट : जिल्ला शिक्षा तथा समन्वय इकाई कालिकोट कार्यालयमा व्यापक अनियमितता पाइएको छ । २० साउन २०७९ मा बसेको द्वन्द्वपीडित शिक्षकको पदस्थापना तथा पुनर्बहालीबारे बसेको बैठकमा उपस्थित ९ शिक्षकको कार्यालय प्रमुख चन्दप्रकाश अधिकारीले किर्ते हस्ताक्षर गरी रकम बुझेको पाइएको हो ।
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/IMG_3410.png")
एक जनालाई १ हजार ५ सयका दरले पाउने बैठक भत्ता शिक्षा विकास तथा समन्वय प्रमुख अधिकारीले किर्ते गरी रकम नदिएका हुन् । बैठकमा उपस्थित ९ मध्य कार्यालय प्रमुख र सूचना अधिकारीबाहेक सात जनाको १ हजार ५ सयका दरले पाउने जम्मा ८ हजार ९ नौ २५ रुपैयाँ प्रमुखले खाएका छन् ।
बैठकमा उपस्थित शिक्षक संघसंगठन पदाधिकारीले आफूहरू बैठकमा उपस्थित रहेको तर भत्ताको भरपाईमा हस्ताक्षर नगरेको बताएका छन् । उनीहरूले भरपाईमा हस्ताक्षर नगरेको दाबीसमेका गरेका छन् ।
उपस्थित सहभागी बैठक भत्ताको भरपाई र अन्य बैठकको हस्ताक्षर फरक देखिएको छ ।
दुई महिनासम्म कार्यालयमा हाजिर नभएका अधिकारी र कार्यालय सहयागी हाल काठमाडौंमा छन । यतिमात्र हैन, गाडी नै नभएको कार्यालयमा इन्धन र मर्मत बिलसमेत मिलाएर खर्च गरेको भेटिएको छ । अफिसको गाडी र जेनेरेटरको इन्धन भनेर खर्च गरिएको आजको राजधानी दैनिकमा खवर छ ।
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/75575C8E-23F0-4247-8E15-583FC61034A6.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/birendranagar.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/samajik-bikas-mantralaya.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/IMG_3389.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/bheriganga1.jpg")
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/C8407B6D-1349-4F3E-B9DF-1C51A9F97C88.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/lekhbesi.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/gurbhakot.jpg")
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/12CE903B-2DFE-4D78-89F9-8B93CDF19311.jpeg)
प्रतिक्रिया दिनुहोस्