सुर्खेत वीरेन्द्रनगर -८मा रहेको शिद्ध बहिरा स्कुल जीर्ण अवस्थामा

होस्ट खबर १८ कार्तिक २०७९, शुक्रबार
2 Min Read
Aa

सुर्खेत : कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर–८, खजुरा स्थित जीर्ण अवस्थामा रहेको प्रदेशकै एकमात्र सिद्ध बहिरा बाल स्कुल ।  केही बोल्न नसक्ने, केही सुन्न नसक्ने। शिक्षक हात र मुखको इशारा गरेर ती बालबालिकाहरूलाई अध्यापन गराउँछन्। स्कुलमा हाल ९६ जना विद्यार्थी छन् भने कुल १० जना शिक्षक कार्यरत छन् ।

सुन्ने र बोल्ने क्षमता नभएका ८७ जना विद्यार्थी अध्ययनरत छन् विद्यालयमा। सुन्न र बोल्न नसक्ने बालबालिकाको शैक्षिक केन्द्रका रूपमा स्थापित वीरेन्द्रनगरको शिद्ध बहिरा बाल स्कुल आफैंले भने सधैं अभाव खेप्नुपरेको छ।

२०३७ सालमा स्थापना भएको यो विद्यालय भवन, खेल मैदान, पाठ्यपुस्तक, शिक्षक, आवश्यक बजेट जस्ता विभिन्न कुराको अभाव खेप्दै आएको छ। विद्यालयको भवन जीर्ण अवस्थामा पुगेको छ। त्यसैमा पनि कक्षा कोठाको नै अभाव छ।

वीरेन्द्रनगरमा रहेको यो विद्यालय अहिले सुन्ने र बोल्ने क्षमता नभएका बालबालिका अध्ययन गर्न एउटामात्र विद्यालयका रूपमा छ। सुर्खेतका बड्डीचौर, मालारानी र गुल्मीमा रहेको यस्ता प्रकृतिका विद्यालयहरू गाँभेर यही विद्यालयमा ल्याइएको हो।

उचित स्रोतसाधन र अपर्याप्त शिक्षक दरबन्दीका कारण विद्यालयको स्थिति नाजुक रहेको प्रधानाध्यापक चन्द्र बहादुर कार्कीले बताए।

यस शिद्ध बहिरा बाल स्कुलमा चुनावको बेला मतदान केंद्र पनि राख्ने गरिएको छ l हाल जीर्ण अवस्थामा रहेको प्रदेशकै एकमात्र सिद्ध बहिरा बाल स्कुलमा नकुनै जनप्रतिनिधिको आखा यस स्कुलमा पर्ने गरेको छ, नत चनाव जितेर गएका केंद्रका नेताको l

बिरेन्द्रनागर नगरपालिकाको मेयर मोहोनमाया ढकालको बासस्थान पनि वीरेन्द्रनगर–८ रहेको छ l उनि २०७९ सालको स्थानीय निर्वाचनमा एमालेबाट मेयरमा बिजय भईकी हुन् l २०७४ सालको स्थानीय निर्वाचनमा पनि उनि उप-मेयरमा बिजय भईकी थिईन् l

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array