आजबाट मतदाता शिक्षा कार्यक्रम सुरु हुँदै

होस्ट खबर १८ कार्तिक २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौं : आसन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि आज शुक्रबारबाट मतदाता शिक्षा कार्यक्रम सुरु हुँदै छ । मतदाता शिक्षा कार्यक्रममार्फत मतदातादाई मतदान गर्ने सही तरिका सिकाइनेछ ।

निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले ७७ वटै जिल्लाका ७५३ स्थानीय तहका ६ हजार ७४३ वडाका घरमा मतदाता शिक्षा कार्यक्रम आयोजना गरिने जानकारी दिए । यसका लागि आयोगले प्रत्येक वडामा रहका स्वास्थ्य स्वयंसेविकालाई मतदाता शिक्षा कार्यकर्ता तोकेर खटाउँदै छ ।

‘देशका ६ हजार ७४३ वडामा सोही संख्यामा स्वास्थ्य स्वयंसेविकामार्फत मतदाता शिक्षा कार्यक्रम सुरु हुँदै छ, स्थानीय तहसँगको समन्वयमा मतदाता शिक्षा कार्यक्रम १८ कात्तिकदेखि १ मंसिरसम्म आयोजना हुनेछ,’ आयोगका सहायक प्रवक्ता अर्यालले भने ।

उनका अनुसार केही वडामा एक स्वास्थ्य स्वयंसेविकाले अपुग भए थप एक परिचालन गर्ने तयारी छ । मतदाता शिक्षाका लागि हुने घरदैलोमा मतदान गर्ने तरिकासहित निर्वाचनका लागि जानकारीमूलक ब्रोसर वितरण गरिने जनाइएको छ ।

यसैगरी, प्रत्येक मतदाता शिक्षा कार्यकर्ताले एक–एक फ्लिप चार्टर नछुटाई बताउनुपर्ने विषयवस्तु समेटिएको सामग्री, मतदानको महत्व, कसरी र किन गर्ने, आचारसंहिताको महत्ववलगायत आधारभूत कुराहरू समेटिएको सामग्री० दिएर मतदातालाई भन्नैपर्ने कुरा जानकारी गराउने आयोगले जनाएको छ ।

मतदाता शिक्षा कार्यक्रमका लागि त्यसरी खटिने स्वास्थ्य स्वयंसेविकालाई स्थानीय तहले नै पारिश्रमिक उपलब्ध गराउनेछ भने तालिमसमेत स्थानीय तहमार्फत नै प्रदान गरिएको छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array