भ्रष्टाचार र फौजदारी अभियोगमा मुछिएका नै जनतामाझ भोट माग्दै

होस्ट खबर १४ कार्तिक २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौं : आगामी प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा भ्रष्टाचार आरोपित, अदालतको आदेशमा कैद भुक्तान गरिरहेका र फरार व्यक्तिहरू नै जनतामाझ भोट माग्न पुगेका छन् ।

भ्रष्टाचारमा मुछिएका नेताहरूलाई राजनीतिक दलहरूले टिकट दिएपछि उनीहरू चौडा छातीका साथ सुशासनका हिमायती बनेर मत माग्न जनतामाझ पुगेका हुन् ।

आफैं भ्रष्टाचारको अभियोग लागे पनि सामाजिक न्याय, समाज रूपान्तरण र सुशासनको एजेन्डा बोकेर जनतामाझ पुग्नेहरूमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) जसपा, राप्रपालगायत स्थापित दलका नेताहरू रहेका छन् । तीमध्ये कतिपय स्वतन्त्र उम्मेदवार बनेर निर्वाचनमा भाग लिएका छन् ।

विभिन्न दलका तर्फबाट उम्मेदवारी दर्ता गराएसँगै नागरिक माझ सबैभन्दा बढी सुशासनको पक्षमा वकालत गर्दै हिँडेका उनीहरूलाई यसपटक जनताले फेरि निर्वाचन गरेर पठाउन नहुने नागरिक समाजका व्यक्तिहरूको तर्क छ ।

तर, त्यस्ता व्यक्तिहरूले चुनावको समयमा अथाह पैसा खर्च गरेरै पनि नागरिकलाई भ्रममा पारेर चुनाव जित्न सक्ने उनीहरूले नै बताउँदै आएका छन् ।यसरी उम्मेदवारी दिनेमा पूर्वउपप्रधानमन्त्रीदेखि पार्टीका स्थानीय नेतासम्म छन् । नेपाल समाचारपत्र दैनिकबाट

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्