पटका पड्काउनेलाई ३ वर्ष जेल र ३० हजार जरिवाना

होस्ट खबर ८ कार्तिक २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौं : जिल्ला प्रहरी परिसर काठमाडौँले पटका नपड्काउन आग्रह गर्दै पड्काएको पाइए कारबाही गर्ने चेतावनी दिएको छ ।

तिहारमा पटका नपड्काउन प्रहरीले आग्रह गरेको छ । पटका पड्काउँदा र झिरझिरे बाल्दा आगलागीको जोखिम हुने भन्दै पटका पड्काए कारबाही गर्ने चेतावनी दिएको हो ।

‘आतिसबाजी (पटका,झिरझिरे पड्काउने) नगरौँ,’ काठमाडौँ जिल्ला प्रहरी परिसरले सूचनामा भनेको छ, ‘पड्काएको पाइए मुलुकी अपराध संहिता २०७४ को विष्फोटक पदार्थसम्बन्धी कसूरमा ३ वर्षसम्म कैद र ३० हजार रूपैयाँसम्म जरिवाना हुनेछ।’

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्