परिवर्तनकारी शक्तिहरु एक ठाउँमा उभिएका छौं: प्रधानमन्त्री देउवा

होस्ट खबर ६ कार्तिक २०७९, आईतवार
1 Min Read
Aa

सुर्खेत : आज कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा पाँच दलीय सभा सम्पन्न भएको छ l पाँच दलीय सभामा पार्टीका सिर्ष नेताहरुको सहभागिता रहेको थियो l प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार वीरेन्द्रनगरमा आयोजित पाँच दलीय सभालाई सम्बोधन गर्दै पाँच दलीय गठबन्धन ऐतिहासिक आवश्यकता भएको बताएका छन् । प्रधानमन्त्री देउवाले गठबन्धन लामो समय टिक्ने समेत दावी गरे ।

उनले भने, ‘संविधान र संघीयतालाई बचाउने काम गठबन्धनले गरेको छ । परिवर्तनकारी शक्तिहरु एक ठाउँमा उभिएका छौं। यो गठबन्धन लामो समयसम्म टिक्छ ।’

एमाले अध्यक्ष केपी ओलीले संविधानलाई टोकरीमा फ्याँकिदिने काम गरेकाले गठबन्धन जन्मिएको बताए । गठबन्धनको विजयका लागि सबै मिल्नुबाहेक अवको विकल्प नभएको पनि देउवाले बताए । साथै उनले गठबन्धन विरुद्ध उम्मेदवारी दिएकाहरुलाई उम्मेदवारी फिर्ता गर्न समेत आग्रह गरे ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्