प्रतिगमनविरुद्ध आन्दोलनमा कर्णालीको मुख्य भूमिका छ: अध्यक्ष प्रचण्ड (भिडियो सहित)

होस्ट खबर ६ कार्तिक २०७९, आईतवार
1 Min Read
Aa

सुर्खेत : आज कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा पाँच दलीय सभा सम्पन्न भएको छ l पाँच दलीय सभामा पार्टीका सिर्ष नेताहरुको सहभागिता रहेको थियो l

सम्बोधन कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कर्णालीले प्रतिगमन विरुद्धको आन्दोलनको नेतृत्व गरेको र कर्णालीको मुख्य भूमिका बहन गरीको बताएका छन् । सुर्खेतमा वीरेन्द्रनगरमा पाँच दलीय गठबन्धनले आयोजना गरेको कार्यकर्ता प्रशिक्षणमा कर्णालीले प्रतिगमन विरुद्ध आन्दोलनको नेतृत्व गरेको बताएका हुन् ।

कर्णालीमा माओवादीको सरकार बचाउन फ्लोरक्रस गरेका पूर्व एमालेका सांसदहरू प्रति लक्षित गर्दै प्रतिगमन विरुद्धको आन्दोलनको नेतृत्व गरेको उनले बताएका हुन् ।

‘तपाईँहरूले प्रतिगमनविरुद्ध गरेको आन्दोलनलाई सम्मान गर्दै गठबन्धनका अन्य दल बलिया भएको ठाउँमा पनि हामीले तपाईँको सम्मान गर्दै टिकट दिएका छौँ ’ उनले भने, ‘गठबन्धनलाई त्यसैको आधारमा बनेको हो।’

उनले संविधान, गणतन्त्रको रक्षाको लागि वाम लोकतान्त्रिक गठबन्धनलाई जिताउनु पर्ने बताए ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array