१३ बर्षिया बालिकाको उपचार गर्न करोड बढि लाग्ने, सहयोगको याचना

होस्ट खबर ३ कार्तिक २०७९, बिहीबार
2 Min Read
Aa

सुर्खेत : दैलेखकी १३ बर्षिया बालिका हिरा शर्माको उपचारका लागि करोड बढि रकम लाग्ने भएपछि उनका अभिभावकले सहयोगको याचना गरेका छन् ।

दैलेख भगवतीमाई गाउँपालिका वडा नम्वर ५ कट्टी घर भएकी बालिका शर्मा बिगत ४ बर्ष देखी घातक रोग Memingomyelocele with neurogenic bladder बाट पीडित भै उपचार गर्न बिदेश लैजानुपर्ने भएपछि उनका बाबु खड्कप्रसाद शर्माले उपचारका लागि सवैसंग हारगुहार गरेका हुन् ।

युरिनरी ब्लाडर रिप्लेशमेन्ट थेरापी गर्नुपर्ने चिकित्सकको सुझाव अनुसार उनको थप उपचारका लागि अमेरिका लौजान लागेको बताउँदै हिराका बाबु खड्कप्रसादले अहिले सम्म अढाई लाख रुपैयाँ उपचारमा खर्च भएको तर कुनै सुधार नभएको बताए ।

हिराको उपचारका लागि उनी अध्ययनरत अमरज्योती माध्यामिक विद्यालय सुर्खेतका प्रधानाध्यापक खगेन्द्र थापा सहित शिक्षकहरुले ५१ हजार ५ सय ५, प्रधानमन्त्री राहत कोषबाट रु २ लाख, बालबालिकाका लागि साझेदारी सस्था रामग्राम नवलपरासी अध्यक्ष श्री सुमनगोपाल आचार्य रु १ लाख, भगवतीमाइ गाउँपालिका दैलेखका निबर्तमान अध्यक्ष दान बहादुर थापाले ६० हजार, इन्द्रेणी कार्यक्रम सञ्चालक कृष्ण कँडेलले ३५ हजार सहित विभिन्न दाताहरुले सहयोग गरेका छन् ।

कलाकार कँडेलले छोरीको उपचारका लागि थप सहयोग जुटाउन कार्यक्रमबाट पहल गर्ने उनले बताए । अहिले सम्म उठेको रकम पनि हिराबा बाबुले इन्द्रेणी कार्यक्रमबाट सार्वजनिक गर्ने प्रतिवद्धता व्यक्त गरे ।

उनको उपचारमा यस बाहेक धेरैले नगद सहयोग गरेको खड्कप्रसादले लिष्ट देखाएपनि छोरीको उपचारमा आर्थिक सहयोग जुटाउन दाताको सहयोगमा चन्दा उठाउनु एक मात्र विकल्प रहेको बताए । स्वास्थ्य मन्त्रालय र नेपाल सरकारका विभिन्न निकायमा आँफु पुगेको भएपनि उनको उपचारमा रकम जुटाउन चन्दादाताको भर नै विश्वसनिय रहेको र सरकारले सहयोग नगरेको उनको भनाई छ । उनको उपचारको लागी १ बर्ष अघि नै विदेश रिफर गरिएको भएपनि अहिले सम्म सहयोग नजुट्दा नेपालमैं दाताको खोजीमा भौंतारिनु परेको उनले बताए ।

सामान्य नागरिकलाइ स्वदेशमा निदान उपचार नहुने रोग बिदेशमा लगि उपचार गर्ने कानुनी ब्यवस्था नभएको भन्दै सरकार पन्छिरहेको उनको भनाई छ । उनले राष्टिय बाणिज्य बैंक सुर्खेतमा छोरीको उपचारका लागि ४०८०१०००३७३९१०१० नम्वरको खाता खोलेको बताए । उनको उपचार यसअघि काठमाडौंको मेडिसिटी हस्पिटलमा भइरहेको थियो । उनको उपचारका लागि अस्पतालले अमेरिकाको टेक्सस राज्यको डालस सिटि अन्तर्गत रहेको “UT Southwestern Medical Colledge अस्पतालमा रेफर गरेको छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array