आज देशभर सार्वजनिक बिदा

होस्ट खबर १ कार्तिक २०७९, मंगलवार
0 Min Read
Aa

काठमाडौं : सरकारले वाङ्‍मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा आज मंगलबार सार्वजनिक बिदा दिएको छ ।

गृह मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै जोशीको निधनको शोकमा देशभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ संस्थाहरू, विदेशस्थित कुटनीतिक नियोगहरूमा आज १ कार्तिक गते सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको छ।

ललितपुरको ग्वार्को स्थित किष्ट मेडिकल कलेजमा उपचाररत जोशीको आइतबार बिहान १०३ वर्षको उमेरमा निधन भएको थियो ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array