देशमा स्थिरता र नविन अभियानलाई स्थापित गर्न गठबन्धन बन्यो: उपसभापति खड्का (भिडियो सहित)

होस्ट खबर १ कार्तिक २०७९, मंगलवार
2 Min Read
Aa

सुर्खेत : नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले संविधानमा बेला–बेला प्रहार भएका कारणले अहिले वाम लोकतान्त्रिक गठबन्धन बनेको बताएका छन् । आगामी निर्वाचनलाई लक्षित गरि सोमबार गृह जिल्ला सुर्खेत आइपुगेका उपसभापति खड्का विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै जनताका लोकतान्त्रिक अधिकारहरूलाई स्थापित गर्न र अधिनायकवादी प्रवृत्तिका विरुद्ध संघर्ष गर्नका लागि गठबन्धन बनेको बताएका हुन् ।

काँग्रेस उपसभापति खड्का सुर्खेत क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यको लागी उम्मेदवार पनि हुन। ७० बर्षको लामो संघर्षबाट संविधान बनाएको बताउँदै संसारमा प्रचलित मानव अधिकार सुनिस्चित गरेको, सबैको प्रतिनिधित्व भएको लोकतान्त्रिक शासन प्रणाली स्थापना गरेको र अब संविधानको रक्षा गर्नुपर्ने बताए।

खड्काले संविधानमाथि भएको प्रहारबाट संविधानको रक्षा सत्ता गठबन्धनले मात्रै गर्न सक्ने बताए । ‘देशमा स्थिरता र नविन अभियानलाई स्थापित गर्न गठबन्धनको विजयी गराउनुपर्छ ।’ उनले भने, ‘विगतका कमी कमजोरीहरूलाई सुधार गर्ने अवसर प्रदान गर्दै पुनः एकपटक मुलुकको परिवर्तनकारी शक्तिलाई नेतृत्वदायी भूमिकामा पुर्‍याउन गठबन्धन गरिएको हो ।’

मंसिर ४ को निर्वाचन मार्फत आम नेपालीले मतदाहरुलाई बिगतका उतारचढाब र घटनाको अध्यान गर्दै, नेपालको संविधान रक्षा गर्दै आएका पार्टीहरुलाई मत दिएर हामिलाई अनुमोदन गर्नुहुनेछ।’ उनले भने । ‘केही कमजोरी भए तिनलाई नदोहोराउने र संविधान संकट परेको बेला संघर्ष गर्ने पार्टीहरुलाई यहाँका मतदाताले छान्नेछन्।’

देशको नेतृत्व गर्ने हिम्मत गर्नुहुन्छ भन्ने पत्रकारको प्रश्नमा उपसभापति खड्काले आफ्नो राजनीति जिवनमा समन्वयकारी भुमिका रहेको बताउँदै उनले भने, ‘गठबन्धन निर्माण र कर्णाली प्रदेश सरकार बनाउनमा पनि समन्वयकारी भुमिका रह्यो अब समन्वयकारी सङ्ग मुलुकको शासनमा सुधार गर्दै, जनताको उन्नती प्रगती र संविधानको रक्षामा हस्तक्षेपकारी भुमिकामा हुनेछु।’

पदलाई प्राथमिकता भन्दा पनि परिमाणलाई प्राथमिकता दिदै। मैले मन्त्रीको रुपमा गर्न पर्ने कामहरु गरे र यस्को अनुभव प्राप्त गरिसके फेरि फर्केर मन्त्री नहुने संकल्प गरेको ७ बर्ष भयो । कर्णाली प्रदेशबाट हुनुपर्ने निर्णायक र हस्तक्षेपकारी भुमिका गरेका छौं उनले भने । साथै उनले सत्ता गठबन्धनमा कुनै विवाद नरहेको बताए।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्