शताब्दी पुरूषको शरीर अनन्तकालसम्म जस्ताको तस्तै राखिने

होस्ट खबर ३० आश्विन २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौं : शताब्दी पुरूष सत्यमोहन जोशीको शरीर अध्ययनका लागि केमिकल प्रयोग गरेर राखिने भएको हो। आईतबार बिहान मृत्यु भएका जोशीको शरीर नजलाई मेडिकल अध्ययनका लागि राखिने भएको हो ।

ललितपुरस्थित किष्ट अस्पतालले उनको शरिर १०० वर्षसम्म कस्तो अवस्थामा थियो भन्नेबारे अध्ययन, अनुसन्धान गर्नेछ । जोशीले किष्ट अस्पताललाई मरणोपरान्त शरीर इच्छा दान गरेका थिए । उनको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि अस्पताल परिसर र ललितपुर महानगरपालिका परिसरमा राखिने छ ।

किष्ट अस्पतालमा परिवार, महानगर र अस्पताल प्रशासनबीच भएको छलफलमा अन्तिम श्रद्धाञ्जलीका लागी राख्नुअघि जोशीको शवमा नसाबाट केमिकल राखिने छ ।

शरीर नगल्ने उक्त केमिकलको प्रयोग गरेर अनन्तकालसम्म जोशीको शरीर जस्ताको तस्तै रहने छ । अस्पतालले जोशीको शरीर कसरी राख्ने भन्नेबारे विस्तृतमा अध्ययन गरिसकेको छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्