साकाको गोलमा आर्सनलको जित

होस्ट खबर २८ आश्विन २०७९, शुक्रबार
1 Min Read
Aa

एजेन्सी : इंग्लिस मिडफिल्डर बुकायो साकाको गोलमा इंग्लिस क्लब आर्सनलले युरोपा लिगमा जित निकालेको छ ।आर्सनलले घरेलु टोली बोडो ग्लिम्टलाई १–० ले पराजित गरेको हो ।

आर्सनलको जितमा साकाले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले २४औं मिनेटमा गोल गरेका थिए ।

यस जितसँगै आर्सनल युरोपा लिगको समूह ‘ए’ मा ३ खेलबाट ९ अंक जोडेर शीर्षस्थानमा रहेको छ । बोडो ग्लिम्ट ४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

यही समूहको अर्को खेलमा पिएसभी इन्डोभेनले एफसी जुरिचलाई ५–० ले पराजित गरेको छ । पिएसभीको जितमा जोए भिरमनले दुई तथा इरिक गुइटेरेज, इब्राहिम संगारे र अनवर इल घाँजीले समान एक गोल गरे ।

यस जितसँगै पिएसभी ३ खेलबाट ७ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । पराजित जुरिच अंकविहीन हुँदै पुछारमा छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्