काठमाडौं : धान रोप्ने बेला किसानलाई पर्याप्त मल दिन नसकेको सरकारले हिउँदे बाली र चैते धान लगाउने सिजनमा रासायनिक मल अभाव हुन नदिन तयारी तीब्र पारेको छ।
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/IMG_3410.png")
आगामी यामका लागि करिब सवा २ लाख मेट्रिक टन रासायनिक मल ल्याउने प्रक्रिया अघि बढाएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ। ‘हिउँदे बालीका लागि पर्याप्त रासायनिक मल ल्याउने तयारीमा छौं,’ कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता प्रकाश सञ्जेलले भने, ‘यो वर्ष अब मल अभाव हुन दिँदैनौं।’
मल अभाव हुन नदिन सरकारले यो वर्ष रासायनिक मलका लागि करिब ३१ अर्ब रूपैयाँ बजेटको व्यवस्था गरेको छ। चालु आवको बजेट भाषणमा १५ अर्ब रूपैयाँ विनियोजन गरेको भए पनि थप १६ अर्ब रूपैयाँ स्रोत सुनिश्चितता लिइसकेको मन्त्रालयले जनाएको छ। ‘समयमा मल खरिद गर्न थप १६ अर्ब रूपैयाँ बजेटको स्रोत सुनिश्चितता लिइसकेका छौं,’ प्रवक्ता सञ्जेलले भने, ‘अब किसानले मल पाउँछन्।’
सरकारले कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत २ लाख २७ हजार मेट्रिक टन मल आयात गर्न लागेको हो। केही मल स्टक छ भने केही टेण्डर गरेर आउने प्रक्रियामा छ। कृषि सामग्री कम्पनीले १ लाख मेट्रिक टन मलका लागि ग्लोबल टेण्डर गरेर केही आइसकेको र अरू आउने क्रममा रहेको प्रवक्ता प्रकाश सञ्जेलले बताए। सन्जेलका अनुसार ३० हजार मेट्रिक टन युरिया मल ल्याएर धानको टप ड्रेसिङमा प्रयोग भएको छ। ‘३० हजार डिएपी प्राप्त भैसकेको छ,’ सञ्जेलले भने, ‘अन्य आउने क्रममा छ।’
थप ३० हजार मेट्रिक टन युरिया विशाखापटनम बन्दरगाहमा व्यागिङ भएर रेलवेमा सिपमेन्टको क्रममा रहेको कृषि सामग्री कम्पनीले जनाएको छ।
सरकारले मल अभाव हुन नदिनका लागि भारतसँग जिटुजी पनि गरेको छ। जिटुजीबाट पहिलो चरणमा ३० हजार मेट्रिक टन युरिया मल खरिदका लागि भारतलाई पर्चेज अर्डर पठाएको प्रवक्ता सन्जेलले बताए।
ग्लोबल टेण्डरबाट मल खरिद गर्दा समयमा मल नआएपछि हरेक वर्ष किसानले मलको अभाव झेल्दै आएका थिए।सरकारले चालु आवमा जिटुजीबाट १ लाख ७० हजार मेट्रिक टन ल्याउने तयारी गरेको छ। यो वर्ष मात्र नभए आगामी वर्ष पनि जिटुजीबाट ल्याउन भारतसँग सहमति गरिसकेको छ। भारतले आव २०८०र८१ मा १ लाख ९५ हजार, २०८१र८२ मा २ लाख १० हजार र २०८२र८३ मा २ लाख १० हजार मेट्रिक टन मल दिन सहमति जनाइसकेको छ।
सरकारी स्वामित्वको कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनले विश्व बजारबाट मल खरिद गरेर ल्याई अनुदानको मल बिक्री गर्दैै आएका छन्। जिटुजी गरेर ल्याउने भल भने भारतको सरकारी कम्पनीबाट सिधै खरिद गर्छन्।
कृषि सामग्री मात्र नभएर साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत पनि रासायनिक मल आयात भैरहेको छ। कर्पोरेसनमार्फत ३० हजार मेट्रिक टन युरिया मल भारतको विशाखापटनम बन्दरगाहमा नेपालका लागि लोडिङ भैरहेको र असोजको अन्तिम सातासम्म वीरगन्ज आइपुग्ने मन्त्रालयले जनाएको आजको नागरिक दैनिकमा खवर छ ।
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/75575C8E-23F0-4247-8E15-583FC61034A6.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/birendranagar.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/samajik-bikas-mantralaya.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/IMG_3389.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/bheriganga1.jpg")
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/C8407B6D-1349-4F3E-B9DF-1C51A9F97C88.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/lekhbesi.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/gurbhakot.jpg")
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/12CE903B-2DFE-4D78-89F9-8B93CDF19311.jpeg)
प्रतिक्रिया दिनुहोस्