कर्णालीमा बाढी पहिरोमा परी ३३ जनाको मृत्यु, २२ जना बेपत्ता

होस्ट खबर
होस्ट खबर २६ आश्विन २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौं : कर्णालीका विभिन्न जिल्लामा अविरल वर्षापछि आएको बाढी तथा पहिरोमा परी ३३ जनाको मृत्यु भएको छ। कर्णाली प्रदेश सरकारका अनुसार पछिल्लो एक साताको अवधिमै उक्ता संख्यामा मृत्यु भएको हो। यस्तै बाढी पहिरोमा परी २१ जना घाइते भएका छन्।

घाइतेमध्ये १४ जनाको उद्धार गरिएको छ भने सात जनको उद्धार गर्ने तयारीमा प्रदेश सरकार रहेको बताइएको छ। यस्तै हालसम्म पहिरोमा परी २२ जना बेपत्ता रहेका छन्। बाढीपहिरोबाट ४८० वरिवार विस्थापित भएको प्रदेश सरकारले जनाएको छ।

प्रदेश सरकारले पीडित परिवारका लागि हेलिकप्टरबाट राहत सामग्री पठाएको छ। हाल नेपाली सेनाका दुईवटा हेलिकप्टरबाट राहत तथा उद्धारको काम भइरहेको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ। दुई दिनकै अविधमा दुई जना सुत्केरीसहित १६ जना घाइतेको उद्धार गरी अप्पताल पुर्यादइएको छ।

प्रतिक्रिया दिनुहोस्