आज उम्मेदवारको नामावली प्रकाशन गरिँदै

होस्ट खबर २५ आश्विन २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौं : मंसिर ४ मा हुने निर्वाचनको कार्यतालिका अनुसार आज उम्मेदवारको नामावली प्रकाशन गरिने भएको छ। निर्वाचन आयोगले आज साँझ ५ देखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गर्ने भएको हो।

बुधबार १० देखि १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने दिन तोकिएको छ। बुधबार नै ३ बजेभित्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र ४ देखि ५ बजेभित्र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने निर्वाचन कार्यातालिका छ।

उम्मेदवारका विरुद्ध आयोगले सोमबार १० देखि ३ बजेसम्म उजुरी दिन सकिने समय छुट्याएको थियो। मनोनयन दर्ता भएका कुनै पनि उमेदवारविरुद्ध सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिन सकिने आयोगले व्यवस्था मिलाएको थियो।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array