सुर्खेतमा प्रतिनिधि र प्रदेश सभातर्फ कांग्रेसले लगायो उम्मेद्वारको टुंगो

होस्ट खबर २३ आश्विन २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौं : सत्तारुढ दल नेपाली कांग्रेसले सुर्खेतका लागि प्रतिनिधि र प्रदेश सभातर्फ कांग्रेसले उम्मेद्वारको टुंगो लगायो छ । बालुवाटारको  पार्टीको बैठकले २ निर्वाचन क्षेत्र भएको सुर्खेतका लागि टिकटको निर्णय गरेको हो ।

पार्टीले क्षेत्र नम्बर १ मा उपसभापति पूर्णबहादुर खड्का र २ मा नेता हृदयराम थानीलाई टिकट दिएको थानीले जानकारी दिए । “१ मा उपसभापतिज्यूले टिकट पाउनुभयो । २ मा मैले पाएँ,” उनले भने । टिकट पाएसँगै आफू उमेदवारी मनोनयन दर्ताका लागि जिल्ला प्रस्थान गरिसकेको उनले जानकारी दिए । ०७४ मा यी दुवै जना नेता बाम गठबन्धनका उम्मेदवारसँग पराजित भएका थिए ।

प्रदेश सभातर्फ सुर्खेत–१, (क) मा खड्गप्रसाद पोख्रेल र सुर्खेत–२, (क) मा कालिप्रसाद शाक्यले टिकट पाएका छन् । पोखरेल कांग्रेस सुर्खेतका सभापति हुन् भने शाक्य कांग्रेसका पुराना नेता हुन् ।

नेपाली कांग्रेसले प्रतिनिधि सभातर्फ सुर्खेतका दुई वटै निर्वाचन क्षेत्र र प्रदेश सभातर्फ सुर्खेतक १ (क) र २ (क) मा उम्मेदवारी दिने गठबन्धन दलभित्र यसअघि सहमति बनिसकेको थियो ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array