डोल्पामा हिमपातमा परी एक भरियाको मृत्यु

होस्ट खबर २२ आश्विन २०७९, शनिबार
1 Min Read
Aa

सुर्खेत : हिमाली जिल्ला डोल्पामा हिमपातमा परी एक जना भरियाको मृत्यु भएको छ । मृत्यु हुनेमा ठुलो भेरी नगरपालिका–९ जुँफालका कर्णबहादुर डाँगी रहेको छन् । ४६ वर्षीया डाँगी असोज १० गते २ जना विदेशी नागरिकसहित ५ जना नेपाली गरी ७ जनाको टोलीसँग कागकोट हुँदै तिन्जे पुगेका थिए ।

फर्कने क्रममा शुक्रबार बेलुकी डोल्पो बुद्ध गाउँपालिका ३ स्थित छोईला लेकमा उनको मृत्यू भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । कर्णबहादुरको अत्याधिक हिमपात भई चिसोको कारण मृत्यु भएको प्रहरीले उल्लेख गरेको छ ।

उनको मृत्यु भएको खबर सोही टोलीमा रहेका इलाम नगरपालिका वडा नं. –४ घर भई भान्से काम गर्ने पदम बहादुर राईले अस्थाइ प्रहरी पोष्ट ताक्सीमा जानकारी गराएका थिए । मृतकको शव अझै पनि घटनास्थलमै रहेको बताइएको छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्