जुम्लामा पहिरोले पुरिएर एकै परिवारका ५ जनाको मृत्यु

होस्ट खबर २२ आश्विन २०७९, शनिबार
1 Min Read
Aa

सुर्खेत : जुम्लामा पहिरोमा पुरिएर एकै परिवारका ५ जनाको मृत्यु भएको छ । कनकासुन्दरी गाउँपालिका -५ बाराकोटे बाडा भन्ने ठाउँमा पहिरो जाँदा ५ जनाको मृत्यु भएको छ भने २ जना बेपत्ता भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार ज्यान गुमाउनेमा गणेश बहादुर शाही, उनको छोरा रमेश, रमेशकी श्रीमती पानसरा तथा उनीहरुका छोराहरु अनमोल र मिलन रहेका छन् ।

बेपत्ता हुनेमा भने सुरेन्द्र हमाल र गणेश बहादुर शाही रहेका छन् । हाल उनीहरुको खोजी भैरहेको प्रहरीले जनाएको छ । घटनास्थलबाट दुई जनालाई घाइते अवस्थामा उद्धार गरेर उपचारका लागि अस्पताल पठाइएको छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array