यस्तो रहनेछ शनिवार दिनभरको मौसम

होस्ट खबर २२ आश्विन २०७९, शनिबार
2 Min Read
Aa

काठमाडौं : देशका पूर्वी क्षेत्रमा मौसम सुधारोन्मुख छ भने पश्चिमी क्षेत्रमा भने अझै भारी वर्षाको सम्भावना देखिएको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा मध्य(पश्चिम बङ्गालको खाडी र आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ।

शनिवार बिहान प्रदेश १ र मधेश प्रदेशमा आंशिकदेखि सामान्य बदली र बाँकी प्रदेशहरुमा सामान्य बदली रहनुका साथै प्रदेश १, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको महाशाखाले जनायो।

शनिवार दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। ुदिउँसो कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी प्रदेशहरूमा आंशिक देखि सामान्य बदली रहनेछ। लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशहरूका केही स्थानहरूमा मेघ गर्जन चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ,’ मौसम बुलेटिनमा भनिएको छ, ‘सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।’

राती पनि ती क्षेत्रमा भारी वर्षाको पूर्वानुमान छ। ुराती कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशहरूका धेरै र बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ,ु मौसम बुलेटिनमा भनिएको छ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array