सन्दीप लामिछानेलाई हथकडी लगाइएपछि सामाजिक सञ्जालमा आक्रोश

होस्ट खबर २१ आश्विन २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौं : प्रहरीसामु प्रस्तुत हुने भन्दै सार्वजनिक जानकारी दिएर कतारबाट नेपाल फर्किएका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई त्रिभुवन विमानस्थलमा हथगडी लगाएर नियन्त्रणमा लिइयो । उनले हथगडी छोप्न रुमालको प्रयोग गरे ।

धेरैको ध्यान सन्दीपभन्दा उनको हातमा गयो । यसको चर्को आलोचना भएको छ । सामाजिक सञ्जालमा आत्मसमर्पण गरेको व्यक्तिलाई हथकडी किन लगाएको ? भनी प्रश्नहरु ओइररिएका छन् । सन्दीपमाथि १७ वर्षीया नाबालिकमाथि बलात्कारको आरोप छ ।

सन्दीपले बिहिबार विहानै कतारबाट नेपाल आउने विमान चढ्नु अघि आफू सरकारको आधिकारिक निकायमा प्रस्तुत हुने उल्लेख गरेका थिए । फेसबुकमा लेख्दै उनले प्रहरीलाई लिखित रुपमा जानकारी गराइसकेको र प्रहरीमा पुग्ने बताएका थिए । उनले आफूलाई हतकडी नलगाउन प्रहरीलाई आग्रह गरेका थिए । लामिछानेले आफूमाथि लागेको बलात्कारको आरोपबारे छानविनका लागि अनुसन्धान र कानूनी प्रक्रियामा सहयोग गर्ने उल्लेख गरेका थिए ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्