आज कर्णाली प्रदेशमा हल्का वर्षाको सम्भावना

होस्ट खबर १५ आश्विन २०७९, शनिबार
1 Min Read
Aa

सुर्खेत : हाल देशको अधिकांश भू-भागमा आंशिक देखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कर्णाली प्रदेशको एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै र बाँकी प्रदेशका एक/दुई स्थानहरुमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। राती देशका पहाडी भू-भागका एक दुई स्थानमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेकोले उक्त क्षेत्रहरूमा पहिरो तथा गेग्रान बहावको जोखिम रहनुको साथै सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्