सुर्खेत : त्रिभुवन विश्वविद्यालय (त्रिवि) कर्मचारी संघ, सुर्खेतको सभापतिमा धर्मराज शाही निर्वाचित भएका छन् । संघमा शाही सहित उनको प्रजातान्त्रिक समूह नै निर्वाचित भएको हो ।

संघको उपसभापतिमा चन्दा ढकाल, सचिव यामलाल गौतम, सहसचिव पुर्णबहादुर सुनार, कोषाधक्षमा दिनेश डाङी निर्वाचित भएका छन् ।
यसैगरी सदस्यहरुमा पूर्णप्रसाद लामिछाने, सिंहबहादुर खत्री, पट्टुलाल चौधरी, दलबहादुर माझी, तेजबहादुर थापा र वसन्ती सुनार निर्वाचित भएका हुन् ।
लोकतान्त्रिक समूहसँग प्रतिस्पर्धाका लागि जनक थापाको नेतृत्वमा प्रगतिशील समूहले आफ्ना उम्मेद्वार उठाएको थियो ।



प्रतिक्रिया दिनुहोस्