आजको मौसम: दुई प्रदेशमा भारी वर्षा

होस्ट खबर ३ आश्विन २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौं : हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले (सोमबार बिहान) देशभर आंशिक देखि सामान्य बदली रही कर्णाली र गण्डकी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशका केही स्थानमा मेघ गर्जनरचट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।

प्रदेश १ र मधेश प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । आज राति पनि देशका पहाडी भू-भागमा आंशिक देखि सामान्यतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ ।

प्रदेश १ को थोरै स्थानमा र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जनरचट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array