म्याड्रिड डर्बीमा रियल म्याड्रिडको शानदार जीत

होस्ट खबर ३ आश्विन २०७९, सोमबार
1 Min Read
Aa

एजेन्सी : स्पेनिस लिग ला लिगा अन्तर्गत भएको ‘म्याड्रिड डर्बी’मा साविक विजेता रियल म्याड्रिडले शानदार जीत निकालेको छ । आइतबार राति भएको खेलमा १० खेलाडीमा समेटिएको एथ्लेटिको म्याड्रिडलाई २-१ गोलले पराजीत रियल म्याड्रिडले आफ्नो विजयी यात्रालाई निरन्तरता दिएको हो ।

इस्टाडियो वान्डा मेट्रोपोलिटानोमा भएको खेलमा म्याड्रिडलाई जीत दिलाउन रोद्रिगो र फेडेरिको भाल्भेर्डेले एक/एक गोल गरे । एथ्लेटिको लागि मारियो हेर्मोसोले एक गोल फर्काए । खेलको १८ औं मिनेटमा टोचुमिनीको पासमा रोद्रिगोले गोल गर्दै रियललाई अगाडि बढाएका थिए । ३६ औं मिनेटमा भाल्भेर्डेले गोल गर्दै रियललाई पहिलो हाफमा २-० गोलको अग्रता दिलाए ।

८३ औं मिनेटमा हेर्मोसोले गोल गर्दै एथ्लेटिकोलाई २-१ गोलको स्थितिमा ल्याए । इन्जुरी समयमा हेर्मोसो रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि एथ्लेटिको १० खेलाडीमा समेटिएको हो । बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा रियल २-१ गोलले विजयी भयो ।

जीतसँगै म्याड्रिड ६ खेलबाट १८ अंक जोड्दै लिगको शीर्ष स्थानमा उक्लिएको छ । पराजीत एथ्लेटिको समान खेलबाट १० अंकको साथ छैटौं स्थानमा रहेको छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array