संविधान जारी भएको आज ७ बर्ष पुरा, मधेसमा ‘ब्ल्याक आउट’ पहाडमा उत्सव

होस्ट खबर ३ आश्विन २०७९, सोमबार
2 Min Read
Aa

काठमाडौं : नेपालको संविधान–२०७२ जारी भएको आज ७ बर्ष पुरा भएको छ । विसं २०७२ असोज ३ गते संविधान जारी भएको दिनको स्मरणमा हरेक वर्ष आजका दिन संविधान दिवस मनाइँदै आएको छ ।

नेपाली जनताले आफ्ना प्रतिनिधिद्वारा संविधान सभा मार्फत निर्माण गरेको संविधानको स्मरणमा आज देशभर विभिन्न कार्यक्रम सहित आठौं संविधान दिवस मनाइँदैछ । जनताको आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार सहित समाजवाद स्थापना गर्ने लक्ष्य लिएको यो संविधान हाल कार्यान्वयमा रहेको छ ।

नेपालको संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरी समृद्ध बनाउँदै लगेको छ भने स्थानीय तहमा नै नागरिकलाई सहज र सरलरूपमा सेवा उपलब्ध गराएको छ । सात प्रदेश, ७५३ स्थानीय तह र सङ्घीय सरकारमार्फत नयाँ राजनीतिक प्रणालीसमेत अवलम्बन गरेको छ ।

३ असोजमा संविधान जारी भएपछि मधेसमा ‘ब्ल्याक आउट’ र पहाडमा उत्सवको रूपमा संविधान दिवस मनाइँदै छ । २०७२ सालमा संविधानसभाबाट संविधान जारी भएपछि यो क्रम अझै जारी छ । कतै उत्सवका रूपमा त कतै ब्ल्याक आउट गरेर ३ असोजलाई सम्झिने गरिएको छ ।

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल ९लोसपा०ले संविधान जारी भएको आजको दिनलाई तराई मधेसका जिल्लामा ‘ब्ल्याक आउट’ गर्दै आएको छ । लोसपा अध्यक्ष महन्थ ठाकुरले आन्तरिक सर्कुल जारी गर्दै प्रदेश, जिल्ला, पालिका कमिटीलाई विरोध दिवसका रूपमा मनाउन निर्देशन दिएका छन् ।

संविधान दिवस विरोध गरेर लोसपाले मनाउने निर्णय र आन्तरिक सर्कुल जारी गरे पनि मधेसको अर्को शक्तिशाली दल जनता समाजवादी पार्टी नेपाल (जसपा)ले मौन विरोध गर्ने भएको छ । जसपाले संविधान दिवसको अवसरमा आयोजना हुने उत्सव वा विरोधको कार्यक्रममा सहभागी नहुने भएको छ ।

लोसपा अध्यक्ष महन्थ ठाकुरले पार्टी जिल्ला संयोजकलाई एक विशेष आन्तरिक सर्कुलरमार्फत आज ‘ब्ल्याक आउट’ गर्न निर्देशन जारी गरेका छन् । अध्यक्ष ठाकुरले आज जिल्ला, पालिका, क्षेत्र, वडामा कोणसभा, आमसभा, जनप्रदर्शन, अन्तत्र्रिmया, विचार गोष्ठी, ब्ल्याक आउटजस्ता विरोधका कार्यक्रम गर्न निर्देशन दिएका छन् ।

संविधान दिवसका अवसरमा नेपाल कम्युनिस्ट पार्टी ९एमाले०ले शनिबार काठमाडौंमा पदयात्रा ९वाकथन० गरेको छ । एमालेले संविधान दिवसलाई राष्ट्रिय दिवसका रूपमा भव्य रूपमा देशैभरि मनाउनुपर्ने सुझावसमेत सरकारलाई दिएको छ ।

तत्कालीन राजपा नेपालले संविधान जारी भएको दिनलाई कालो दिनका रूपमा लिँदै विरोधका कार्यक्रम गर्दै आएको छ । राजधानी दैनिकबाट

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array