टुकुचा खोलामा पौडी खेलेको सम्झँदै कमल थापाले भनेः स्याबास बालेन

होस्ट खबर ३१ भाद्र २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौं : राप्रपा नेपालका अध्यक्ष कमल थापाले हराएको टुकुचा खोला खोज्ने साहसिक र राम्रो कामका लागि भन्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र उपमेयर सुनिता डंगोललाई स्याबासी तथा धन्यवाद दिएका छन् ।

अध्यक्ष थापाले शुक्रवार ट्वीटरमा एक ट्वीट गर्दै सानो छँदा बागबजारदेखि पद्मोदय स्कुलसम्म टुकुचामा पौडी खेलेको स्मरण गरेका छन् ।

उनले भनेका छन्, ‘सानो छँदा बागबजारदेखि पद्मोदय स्कुलसम्म टुकुचामा पौडी खेलेको रमाइलो सम्झना अझै ताजा छ । काठमाडौंका खोलानाला सफा, स्वच्छ र कलकल बग्ने होस्, शुभकामना ।’

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array